Kathmandu Press

रविन्द्र मिश्रजी नैतिक संकटमा हुनुहुन्छ : पाण्डे

विवेकशील साझा पार्टीमा फुटको संघारमा रहेको पार्टीका दुुई खेमाबीच बढ्दो खटपटबाट अनुमान लगाउन सकिन्छ। मनमुटाव बढ्दै गर्दा एकले अर्कोलाई कारवाही गर्ने तहतिर मिलन पाण्डे र रविन्द्र मिश्रका दुई समूह अग्रसर भएको बुझ्न कठिन छैन।
रविन्द्र मिश्रजी नैतिक संकटमा हुनुहुन्छ : पाण्डे

काठमाडौं, कात्तिक १२ : विवेकशील साझा पार्टीमा फुटको संघारमा रहेको पार्टीका दुुई खेमाबीच बढ्दो खटपटबाट अनुमान लगाउन सकिन्छ । मनमुटाव बढ्दै गर्दा एकले अर्कोलाई कारवाही गर्ने तहतिर मिलन पाण्डे र रविन्द्र मिश्रका दुई समूह अग्रसर भएको बुझ्न कठिन छैन ।

पार्टीमा मिश्र एकलौटी ढंगले अगाडि बढेको, आफ्नो गुटका नेतालाई मनपरि नियुक्त गरेको आरोप लगाउँदै पाण्डेको समूह असन्तुष्ट छ । पार्टीभित्रकै एकथरिको मत छ– पार्टीभित्र आन्तरिक फुट सुरु भइसक्यो ।

Hardik ivf

बिहीबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकमा अध्यक्ष मिश्रले ‘मार्ग परिवर्तन’ दस्तावेज प्रस्तुत गरे  । संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गरिनुपर्ने मत रहेको उक्त दस्तावेज दुई तिहाइ बहुमतले पारित भएको मिश्र पक्षले दाबी गरेको छ । पार्टी नेता मिलन पाण्डे भने दुई तिहाइ बहुमतको विषयमा निर्वाचन आयोगले नै प्रमाणित गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘उहाँले हिजो एक घण्टामा पार्टीको महाधिवेशन पूरा गर्नुभयो, नेपालको सबैभन्दा छोटो बैठक नै त्यही होला ।’

पार्टीको नेतृत्व आफूू स्वयं, पार्टीको नीति, मार्ग परिवर्तन भन्नासाथै ताली बजेर बुहमत आयो, दस्तावेज पारित भयो भनी भन्न नमिल्ने उनले बताए । बिहीबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय समितिका एक सय २४ सदस्यमध्ये ९१ जनाले सर्वसम्मतिबाट दस्तावेज अनुमोदन गरेको निर्वाचन आयोगमा कानूनी रूपमा सिद्ध गर्नुपर्ने उनको भनाइ छ । ‘कानूनी विधि र प्रक्रियाअनुुसार ९१ जना मसँग छन् भनिएकोलाई निर्वाचन आयोगमा उभ्याउनुपर्ने नैतिक संकट उहाँलाई परिरहेको छ,’ उनले भने । कानूनी प्रक्रियाअनुसार आयोगले निवेदन प्रमाणित गर्नुपर्ने उनको भनाइ छ ।

विवेकशील साझा पार्टीलाई अझ सुुदृढ कसरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको उनले बताए । सुदृढ विवेकशील साझा पार्टीलाई अगाडि लिएर जाने योजनामा रहेको उनको भनाइ छ । उनी भन्छन्, ‘यदि रविन्द्र जीले बहुमत प्रमाणित गर्न सफल हुुनुभयो, हाम्रो विचार पार्टीमा लागू भएन र हामी अटाउन नसक्ने भयौँ भने हामी नयाँ पार्टी बनाएर अगाडि बढ्छौँ ।’

नेकपा (एकीकत समाजवादी)मा आफू नेतृत्वको समूह प्रवेश गर्न लागेको भनेर सामाजिक सञ्जालमा अफवाह फैलाइएको उनले बताए । निरन्तर हरेक पार्टीका नेतासँग भेटेर वैचारिक बहस गर्ने गरेको उल्लेख गर्दै उनी भन्छन्, ‘एक साताअघि माधवकुमार नेपालसँग भेटेर कफी खाँदै वैचारिक बहस गरेको फोटो दुुरुपयोग गरियो ।’ समसामयिक विषयमा, राजनीतिक अवस्था र विशेष गरी ‘ह्वाइ नेसन फेल’ भन्ने विषयमा छलफल गरिएको उनले बताए । पार्टीको जटिल अवस्थामा गलत प्रचार गरिएको उनी बताउँछन् ।

प्रकाशित मिति: १८:४४ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्