Kathmandu Press

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ६ बजेसम्म गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरू प्राकृतिक विपदका कारण प्रभावित भएका हुन्
विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित

काठमाडौं, असाेज३० : प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ६ बजेसम्म गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरू प्राकृतिक विपदका कारण प्रभावित भएका हुन्

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–०२, बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । गत असोज १० गते बिहान ५ः५० बजेदेखि अवरुद्ध हुन पुगेको उक्त सडक खण्ड हाल एकतर्फीमा मात्र सुचारु रहेको छ ।  

गोरखा जिल्लामा बाढीका कारण सडक आवागमन पूर्ण रूपमा ठप्प भएको छ । गत असोज २५ गते बिहान ५ः३० बजेदेखि आरुघाट गाउँपालिका–२, ३ र सोही गाउँपालिकाको वडा नम्बर ९ नयाँपुलस्थित सोतिमा रहेको फलामे पुल तथा गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।  

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, असोज ३०, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्