Kathmandu Press

भरतपुर अस्पतलमा अनलाइनबाट टिकट

चितवन, कात्तिक १२ : भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ। अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो।  अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका...
भरतपुर अस्पतलमा अनलाइनबाट टिकट

चितवन, कात्तिक १२ : भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ। अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो। 
 
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको हो। आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिए।
 
अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताए। उनले यो व्यवस्थासँगै टिकट लिन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने बताए। उनले भने, ‘अहिले सबैको हातहातमा स्मार्ट मोबाइल छ। दुई÷तीन सय जनाले अनलाइन टिकट लिनुभयो भने पनि धेरै सहज हुन्छ।’

अनलाइन टिकट सुरु गरेसँग टिकट काट्न लाइनमा बस्ने भीड कम हुने अपेक्षा गरिएको छ।
 
अस्पतालले ओपिडीमा अत्यधिक भीड भएपछि गत असोज १८ गतेबाट जिओपिडी सेवा सुरु गरेको थियो। बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म जनरल ओपिडी ९फ्याम्लि मेडिसिन० सेवा सञ्चालन हुँदै आएको हो।

Hardik ivf

बिहान ८ देखि टिकट खुल्ला हुन्छ भने ८ः३० बजेदेखि जिओपिडी परीक्षण गरिन्छ। यी दुवै सेवा सञ्चालन भएसँगै टिकट काट्न र ओपिडी परीक्षण गराउन निकै सहज हुने अस्पतालले जनाएको छ। रकमको भुक्तानी खल्ती सेवाबाट गर्न सकिनेछ। टिकटको शुल्क रु. ३० रहेको छ।

सङ्घीय अस्पताल भरतपुरमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन्।

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्