Kathmandu Press

काठमाडौं र ललितपुरमा एकएकजना मृत फेला

काठमाडौं, कात्तिक १२ : काठमाडौं र ललितपुरमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।काठमाडौंको दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा...
काठमाडौं र ललितपुरमा एकएकजना मृत फेला

काठमाडौं, कात्तिक १२ : काठमाडौं र ललितपुरमा एकएकजना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको दक्षिणकाली नगरपालिका–४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यस्तै ललितपुर, गोदावरी नगरपालिका–१० चापागाउँस्थित हेमबहादुर तामाङको घरको आँगनमा ललितपुर महानगरपालिका–२२ का ३५ वर्षीय गोविन्द तामाङ मृत अवस्थामा फेला परेका जनाइएको छ।

दुवै घटनाका सम्बन्धमा प्रहरीको थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १६:४८ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्