Kathmandu Press

चर्चित अभिनेता पुनीत राजकुमारको निधन

काठमाडौं, कात्तिक १२ : सैडलबुड इन्डस्ट्रीका चर्चित अभिनेता पुनीत राजकुमारको ४६ वर्षकाे उमेरमा हृदयाघातका कारण निधन भएको छ। शुक्रबार पुनीतको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई...
चर्चित अभिनेता पुनीत राजकुमारको निधन

काठमाडौं, कात्तिक १२ : सैडलबुड इन्डस्ट्रीका चर्चित अभिनेता पुनीत राजकुमारको ४६ वर्षकाे उमेरमा हृदयाघातका कारण निधन भएको छ। 

शुक्रबार पुनीतको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएका पुनीतको बिहान साढे ११ बजे निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। 

Hardik ivf

अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए। पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन्। उनी सफल कलाकार राजकुमारका छोरा हुन्।

उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन्। पुनीतले आफ्नो करिअरको सुरुवात बाल–कलाकारको रुपमा गरेका थिए। उनले राष्ट्रिय अवार्ड समेत पाइसकेका छन् । भारतको चेन्नईमा जन्मिएका पुनीतको कन्नड चलचित्रमा राम्रो क्रेज थियो ।

उनले ‘अप्पु, अभी, भिरा कन्नडिगा, आकाश, अजय, अर्सु, मिलाना, भाम्सी, राम, ज्याकी, हुडगुरु’ लगायतका चलचित्रमा अभिनय गरेका थिए।

चर्चित अभिनेता सोनु सुदले शुक्रबार एक ट्विट गर्दै पुनीतको मृत्यु भएको पुष्टि गरेका छन्। उनले पुनीतको निधनप्रति दुःख व्यक्त गरेका छन्।  

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्