Kathmandu Press

‘ए’ डिभिजन लिग तालिका सार्वजनिक

‘ए’ डिभिजन लिग तालिका सार्वजनिक

काठमाडौं, कात्तिक १२ : सहिद स्मारक ‘ए’ डिभिजन लिगको तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा०ले शुक्रबार सार्वजनिक ड्र अनुसार प्रतियोगिताको उद्घाटन खेलमा ललितपुरका दुई क्लब फ्रेन्डस क्लब र सातदोबाटो युथ क्लब भिड्नेछन्।

प्रतियोगिताको उद्घाटन खेल कात्तिक २९ गते दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ। यो खेल फ्लड लाइटमा हुनेछ।

दोस्रो दिन दुई खेल हुने छ। दिउँसो १२ बजे एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा हिमालयन शेर्पाले संकटा क्लबको सामाना गर्नेछ। दिउँसो ३ बजे दशरथ रंगशालामा हुने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्ल भिड्नेछन्।

एन्फाले १४ क्लबको उपस्थितिमा लिगको पहिलो चरणको तालिका सार्वजनिक गरेको हो । तेस्रो दिन जावलाखेल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लब तथा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपिएफको सामाना गर्ने छ। 

यसैगरी लिगको पहिलो चरणको अन्तिम दिन विभागीय डर्बी हुने छ। एन्फा कम्पलेक्समा हुने सो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको सामना गर्ने छ। यस्तै, सोही दिन डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले एनआरटीको सामाना गर्नेछ।

करिब चार महिना चल्ने लिगमा १३ राउन्डमा कुल ९१ खेल हुने एन्फाका लिग निर्देशक सञ्जिव मिश्रले जानकारी दिए । उनका अनुसार यो पटक च्यासल मैदानमा पनि ए डिभिजन लिग आयोजना हुनेछ ।

लिगमा मछिन्द्र, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी, थ्री स्टार, नेपाल पुलिस, एपिएफ, च्यासल युथ क्लब, संकटा, हिमालयन शेर्पा, एनआरटी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सातदोबाटो युथ क्लब, ब्रिगेड ब्वाइज क्लब सहभागी छन्।

प्रकाशित मिति: १५:३५ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्