Kathmandu Press

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ   

काठमाडौं, कात्तिक १२ : मुलुकका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ परेका छन्।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँ डेरा गरी बस्ने नुवाकोट घर...
जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ   

काठमाडौं, कात्तिक १२ : मुलुकका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ परेका छन्।  

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँ डेरा गरी बस्ने नुवाकोट घर भएका ३७ वर्षीय सागर तामाङ समेत ६ जनालई कौडा खेलिरहेको अवस्थामा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

सागरले जुवातास खेलाइहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ६३ हजार १ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो।  

यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी चौरमा जुवाको रुपमा ओखर खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ सुन्दरीजल बस्ने ४० वर्षीय जनक बहादुर तामाङ लगायत १४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त चौरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७५ हजार ६ सय ३० रुपैयाँ र  जुवा खेल्न प्रयोग भएको ११ वटा ओखर सहित पक्राउ गरेको हो। 

नुवाकोटको बिदुर नगरपालिका–५ गंगटे बस्ने २८ वर्षीय नबिन चित्रकारको कोठामा तास खेलिरहेको अवस्थामा चित्रकार लगायत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई ३ लाख ५२ हजार रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्