Kathmandu Press

भनिमण्डललाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडौं, कात्तिक १२ : नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज...
भनिमण्डललाई हराउँदै आर्मी सेमिफाइनलमा प्रवेश

काठमाडौं, कात्तिक १२ : नेपाल आर्मीले भनिमण्डल भेट्रान्स क्लबलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो। आर्मीको जितमा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एक–एक गोल गरे।
    
राजुले खेलको छैटौँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाए। यस्तै विकर्णले खेलको १६औँ मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए। हरिले खेलको ४९औँ मिनेटमा गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए। त्यसपछि खेलमा गोल हुन सके। 

आर्मीका हरि महतो ‘म्यान अफ द म्याच’ घोषित भए। फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगिताको विजेता टोलीले रु. पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउनेछन्।

प्रकाशित मिति: १४:४० बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्