Kathmandu Press

सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गभित्र दुर्घटना हुँदा एक मजदुरको मृत्यु 

धादिङ, कात्तिक १२ : धादिङ–काठमाडौं जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ।मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९...
सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गभित्र दुर्घटना हुँदा एक मजदुरको मृत्यु 

धादिङ, कात्तिक १२ : धादिङ–काठमाडौं जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ।

मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए।

सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई  ठक्कर दिएर घाइते बनाएको थियो।

घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिपूर्ति र मजदुरको सुरक्षाको अनुभूति दिलाउन पीडित पक्ष, प्रहरी र निर्माण कम्पनीबीच सुरुङमार्गस्थलमै काम रोकेर वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ।

मृतक मजदुरको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ।  

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्