Kathmandu Press

किसानको सहभागितामा लगत सङ्कलन गरी राहत दिन माग

काठमाडौं, कात्तिक १२ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले वर्षा, बाढी, पहिरो तथा डुबानबाट पीडित किसानको सहभागितामा तत्काल लगत सङ्कलन गरी क्षतिका...
किसानको सहभागितामा लगत सङ्कलन गरी राहत दिन माग

काठमाडौं, कात्तिक १२ : अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले वर्षा, बाढी, पहिरो तथा डुबानबाट पीडित किसानको सहभागितामा तत्काल लगत सङ्कलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ। 

सरकारले बुधबार बाढीपहिरोपीडित किसानलाई राहत दिने निर्णय गरिसकेको सन्दर्भमा महासङ्घले घोषित राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न अनुरोध गरेको हो।

सरकारले घोषणा गरेको राहत प्याकेज किसानले प्राप्त गर्ने वा प्राप्त हुने कुराको सुनिश्चितता गर्न अनुरोध गर्दै महासङ्घले प्राकृतिक विपद् तथा कृषि क्षेत्रलाई असर  पार्ने विभिन्न समस्या समाधानका लागि दीर्घकालीन सोचसहितको योजना जरुरी रहेकामा जोड दिएको छ। 

वास्तविक उत्पादक किसानलाई सहज तथा सरल तरिकाले तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन हरेक वर्ष कम्तीमा रु. ५ अर्ब बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष (कृषि सहायता कोष’ स्थापना गर्न अनुरोध गरिएको महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्