Kathmandu Press

बार परिसरमा वकिलले गरे वकिलमाथि नै हातपात

काठमाडौं, कात्तिक १२ : नेपाल बार एसोसिएसनमा एक कानुन व्यवसायीले अर्को कानुन व्यवसायमाथि हातपात गरेका छन्। आज भित्र एसोसिएसनको बैठक चलिरहँदा बाहिर त्यस्तो घटना भएको...
बार परिसरमा वकिलले गरे वकिलमाथि नै हातपात

काठमाडौं, कात्तिक १२ : नेपाल बार एसोसिएसनमा एक कानुन व्यवसायीले अर्को कानुन व्यवसायमाथि हातपात गरेका छन्। 

भित्र एसोसिएसनको बैठक चलिरहँदा आज बाहिर त्यस्तो घटना भएको हो। 

अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहेका थिए। त्यहीबेला अधिवक्ता विराट न्यौपानेले न्यायालय विरुद्ध किन बोलेको भन्दै उनीमाथि हातपात गरेका हुन्। 

चुडालले इजलास नचल्दा सेवाग्राही मर्कामा परेको भनेर अन्तर्वार्ता दिइरहेका बेला आफूमाथि न्यौपानेले कुटपिट भएको बताएका छन्।

हातपातका क्रममा द्वन्द्वकालका मुद्दा किन हेरेको समेत भनेर गनली गरेको अधिवक्ता चुडालले बताए। उनले यस घटनाविरुद्ध कानुनी प्रक्रियामा जाने बताए। 

चुडालले २०६२ सालमा चारजनाविरुद्ध सरकारले आतंककारी गतिविधिमा संलग्न भन्दै चलाएको मुद्दामा विपक्षीका तर्फबाट बहस गरेका थिए।

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्