आपसमा दुई मोटरसाइकल जुध्दा एकजनाकाे मृत्यु
दमक, कात्तिक १२ : झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा आज बिहान एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।इलाका प्रहरी कार्यालय...
दमक, कात्तिक १२ : झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा आज बिहान एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे९प २७०३ का मोटरसाइकल चालक गौरादह–५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।
अधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीको भनाइ छ। सो दुर्घटनामा परेर ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन्। उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












