Kathmandu Press

वृद्धको शव बेवारिसे अवस्थामा फेला

सोलुखुम्बू माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ ।
वृद्धको शव बेवारिसे अवस्थामा फेला
Hardik ivf

सोलुखुम्बू, कात्तिक १२ : माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ ।

बिहीबार एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोलानजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

नामथर, ठेगाना नखुलेका करिब ६५ वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्