Kathmandu Press

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट हुँदै

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट हुँदै

काठमाडौं, कात्तिक १२ : मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ आज  बाँडफाँट हुन लागेको छ।

यसको बिक्री प्रबन्धक कम्पनी ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे आईपीओ बाँडफाँट गरिने जनाएको छ।

Hardik ivf

आईपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४ दशमलव १९ गुणा बढी हो।

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

जसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।

प्रकाशित मिति: ०८:०५ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्