Kathmandu Press

एसियन कप छनोटमान नेपालको लगातार दोस्रो हार

काठमाडौं, कात्तिक १२ : एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ।तजिकिस्तानको रिपब्लिकन...
एसियन कप छनोटमान नेपालको लगातार दोस्रो हार

काठमाडौं, कात्तिक १२ : एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ।

तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो। यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ।

Hardik ivf

नेपालले खेलको पहिलो हाफमा तीन गोल खायो भने दोस्रो हाफमा पनि तीन गोल नै बेहो¥यो। पहिलो हाफमा ताजिकिस्तानका शेर्भोनी मावत्शोएभ, शारफजोन सोलेहोभ र रुस्तम सोइरोभले एक–एक गोल गरे।

खेलको २४औं मिनेटमा शेर्भोनीले गोल गर्दै ताजिकिस्तानलाई सुरुआती अग्रता दिलाए भने खेलको ३३औं मिनेटमा सोलेहोभले गोल गर्दा ताजिकिस्तान २–० ले अघि रह्यो। त्यस्तै खेलको ४१औं मिनेटमा रुस्तमले गोल गरेपछि घरेलु टोली ताजिकिस्तान पहिलो हाफमा ३–० ले अघि रह्यो।

खेलको ६३औं मिनेटमा मुखम्मादली अजिजबोएभले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो। खेलेको ६८औं मिनेटमा भाख्दुत खानोनोभले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता ५–० बनाए।

त्यसपछि खेलको ७२औं मिनेटमा इमोमाली अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६–० गोलको जीत दिलाए। छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो।

यता ताजिकिस्तानको भने यो लगातार दोस्रो जीत हो। यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।अब नेपालले आफ्नो अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछ। यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्