Kathmandu Press

निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने : मन्त्री आलेमगर

कञ्चनपुर, कात्तिक ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने बताएका छन्।नेपाल कम्युनिष्ट पार्टी...
निकुञ्जका विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने : मन्त्री आलेमगर

कञ्चनपुर, कात्तिक ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विस्थापित परिवारलाई पुनः स्थापना गरिनुपर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को आज महेन्द्रनगरमा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा मन्त्री मगरले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराई पुनः स्थापना गरिनुपर्ने बताए। उनले मुआब्जा दिनका लागि विगतमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पुनः स्थापना गर्न सुझाव दिएको बताए। 

समितिको प्रतिवेदनअनुसार विस्थापित एक हजार ४८० परिवारलाई १० कठ्ठा जग्गा र ६० लाख रुपैयाँको दरले मुआब्जा दिनुपर्ने उनले बताए। वन मन्त्री हुँदा १५ दिनभित्रै निकुञ्ज विस्थापित परिवारको समस्या समाधानका लागि समिति गठन गर्ने बचन दिएको उनले बताए।

प्रकाशित मिति: २०:२८ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्