मानव बेचविखनमा संलग्न रहेको अभियोगमा नृत्य प्रशिक्षक पक्राउ
काठमाडौं, कात्तिक ११ : मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका १० बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गत शनिबार भरतपुर महानगरपालिका...
काठमाडौं, कात्तिक ११ : मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका १० बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गत शनिबार भरतपुर महानगरपालिका २ क्षेत्रपुरबाट प्रहरीले ५० वर्षीय बिश्वबन्धु घिमिरेलाई पक्राउ गरेको हो।
घिमिरेले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई आफू कोरियोग्राफरको काम गर्ने तथा दुबईमा स्टेज शो मा महिनाको १ लाखदेखि ४ लाखसम्म कमाई हुने गरी लैजाने प्रलोभन देखाएका थिए। उनले किशोरीको उमेर नपुगेकोले जान नमिल्ने भन्दै २०७० फागुन ४ गते काकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलौर पुर्याई चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेन्टमा जबरजस्ती यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको अवस्थामा किशोरीले आफन्तलाई जानकारी गराएपश्चार माईती नेपालको सहयोगमा उनलाई २०७१ वैशाख १५ गते उद्धार गरी नेपाल फिर्ता गरिएको थियो।
नेपाल आएपश्चात पीडितको जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले घिमिरेलाई पक्राउ गरेको हो। घिमिरेले विगत ३० वर्षदेखि विभिन्न नृत्य केन्द्रहरूमा नृत्य प्रशिक्षकका रुपमा काम गर्ने गरेको खुल्न आएको छ।
उनीउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ।












