Kathmandu Press

‘मिस युनिभर्स नेपाल’ को फिनाले आउने शनिबार, ‘इमेज टिभी’मा प्रत्यक्ष प्रसारण 

काठमाडौं, कात्तिक ११ :  ‘मिस युनिभर्स नेपाल २०२१’ को ग्रान्ड फिनाले आगामी शनिबार (कात्तिक १३ गते)  हुने भएको छ।‘इमेज टिभी एचडी’मा शनिबार बेलुका ६...
‘मिस युनिभर्स नेपाल’ को फिनाले आउने शनिबार, ‘इमेज टिभी’मा प्रत्यक्ष प्रसारण 

काठमाडौं, कात्तिक ११ :  ‘मिस युनिभर्स नेपाल २०२१’ को ग्रान्ड फिनाले आगामी शनिबार (कात्तिक १३ गते)  हुने भएको छ।

‘इमेज टिभी एचडी’मा शनिबार बेलुका ६ बजेदेखि ९ बजेसम्म ग्रान्ड फिनालेको प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।

विजेतालाई इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रापत हुनेछ। मिस युनिभर्स आगामी डिसेम्बर १२ मा हुँदैछ।  

केही दिनअघि मात्र आयोजकले मिस युनिभर्स नेपालका लागि छनोटमा परेका १६ प्रतियोगी सार्वजनिक गरेको थियो।

आइएमई एपबाट ‘मिस युनिभर्स नेपाल २०२१’ को पिपुल्स च्वाइस विधाका लागि भोटिङ गर्न सकिनेछ।

गत वर्ष ‘मिस युनिर्भस’मा  ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्