Kathmandu Press

गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्

गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्

काठमाडौं, कात्तिक ११ : सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवाु भन्ने नाराका साथ सार्वजनिक गरिएको ुनागरिक एपु का प्रयोगकर्ताले अब फोन र भाइबरबाट समस्या र जिज्ञासा टिपाउन पाउने भएका छन्।

सरकारले फुल भर्सनमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले टोल फ्रि नम्बर (निःशुल्क फोन लाग्ने) र भाइबर हेल्प डेस्क सुरू गरेको जनाएको छ। जसअनुसार अब नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले एपमा समस्या आए ११०१ मा फोन गरेर गुनासो टिपाउन सक्नेछन्।

यस्तै, एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर ९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज (मार्फत) टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ।

Hardik ivf

गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो।

नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो।

पछिल्लो समय एपमार्फत सवारी साधनको राजस्व तथा लाइसेन्स नवीकरण, पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रम राखिएको छ।

एपबाटै क्युआर स्क्यान गरेर विभिन्न बैंकमा खाता खोल्न समेत सकिन्छ।

सुरूआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो।

नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवा समेटिने छन्।

सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म ४२ वटा सरकारी सेवा नागरिक एपमार्फत नै लिन सकिने तयारी गरेको छ। रासस

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्