Kathmandu Press

पशुपति शर्माको स्वरमा ‘दोहोरीको राजा’ सार्वजनिक

काठमाडाैं, कात्तिक ११ : लोकदोहारी गायक पशुपति शर्मा र गायिका लक्ष्मी मल्लको आवाजमा ‘दोहोरीको राजा’ बोलको गीत सार्वजनिक भएको छ।मौलिकता झल्काउने गीत दोहोरीको...
पशुपति शर्माको स्वरमा ‘दोहोरीको राजा’ सार्वजनिक

काठमाडाैं, कात्तिक ११ : लोकदोहारी गायक पशुपति शर्मा र गायिका लक्ष्मी मल्लको आवाजमा ‘दोहोरीको राजा’ बोलको गीत सार्वजनिक भएको छ।

मौलिकता झल्काउने गीत दोहोरीको राजामा पहिले पहिले दरबारभित्र हुने लोक संस्कृतिको झल्लको दर्साइएको छ।

गीतमा राजाले पारिवारिक मनोरञ्जनको लागी गराइने गीतसंगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरूलाई बोलाइ पहिलेपहिले यसरी नै सांस्कृतिक मञ्चन गराउने गर्थे। त्यही शैलीलाई यस गीतमा देखाइदिएको छ ।

गीतमा अञ्जलि अधिकारी, लोमुस शर्मा, सुरवीर पण्डित, शीतल शर्मा, आसिम श्रेष्ठ, नकुल ढकाल, शोभा ढकाल लगायतले अभिनय रहेको छ । सोही गीतमा सन्तोषराज वाहक कोरियोग्राफर छन् भने उत्सव दाहालले छायाकंन गरेका छन् । उक्त गीतमा निशान कश्यपको सम्पादन र निर्देशन रहेको छ ।

 

प्रकाशित मिति: १५:२४ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्