Kathmandu Press

मृत अवस्थामा चारजना फेला

काठमाडौं, कात्तिक ११ : काठमाडौं, धनुषा र चितवनमा चारजना मृत भेटिएका छन्।   काठमाडौं महानगरपालिका–१६ गुम्बा वसन्तनगरस्थित राप्ती मुसिकोट गेस्ट हाउसमा सोही ठाउँ बस्ने रुकुम...
मृत अवस्थामा चारजना फेला

काठमाडौं, कात्तिक ११ : काठमाडौं, धनुषा र चितवनमा चारजना मृत भेटिएका छन्।   

काठमाडौं महानगरपालिका–१६ गुम्बा वसन्तनगरस्थित राप्ती मुसिकोट गेस्ट हाउसमा सोही ठाउँ बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका–५ घर भएका ३३ वर्षीय पाण्डव चन्द बुधबार मृत अवस्थामा फेला परेका छन् । 

Hardik ivf

धनुषाको गणेशमान चारनाथ नगरपालिका–११ बिलटोलस्थित मामाघर बस्दै आएका भारत दौडवाटोल अकोनवा घर भएका अताबुल राईनको छोरा चार वर्षीय अरमान राईन सोही नगरपालिका–२ लखनपुरस्थित पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन्।

मंगलबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरी उनको शव फेला परेको हो। 

यसैगरी धनुषाको मिथिला बिहारी नगरपालिका–२ पशुराम तलाउ नजिक जगदर खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरूष बुधबार प्रहरीले पक्राउ गरेको छ। 

चितवन, भरतपुर महानगरपालिका–३ नगरवनस्थित नारायणीको किनारामा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन्। 

यी सबै घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्