Kathmandu Press

लिवियामा नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्‍न

लिवियामा नेपाली शान्ति सैनिकहरुको मेडल परेड सम्पन्‍न

काठमाडौं, कात्तिक ११ : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाको लागि लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार  लिवियामा तैनाथ स्पेशल गार्ड युनिट शान्ति सेना तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह सम्पन्न भएको हो ।

Hardik ivf

लिवियास्थित सम्पन्न परेड  समाराेहमा राष्ट्रसंघीय मिसनका उच्च अधिकारीहरु, संयुक्त राष्ट्रसंघीय हेडक्वाटरमा कार्यरत अधिकारीहरु तथा अन्य स्टाफहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा मिसन प्रमुखहरुले नेपाली शान्ति सैनिकहरुको खुलेर प्रशंसा गरेको सेनाले जनाएको छ।

 

प्रकाशित मिति: १५:०५ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्