लागुऔषधसहित काठमाडौंमा चार र अन्यत्र पाँचजना पक्राउ
काठमाडौं, कात्तिक ११ : काठमाडौंसहित देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नाैजना पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित सडकबाट २ किलो ५ सय ग्राम अवैध लागूऔषध...
काठमाडौं, कात्तिक ११ : काठमाडौंसहित देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नाैजना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित सडकबाट २ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश र २ थान मोबाइल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलाव सिं स्याङ्बो रहेका छन्। महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका–३२ नरेफाँट फुटसलस्थित सडकबाट १ सय ५० ग्राम अवैध लागूऔषध गाँजा र ९ सय ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका बस्ने २८ वर्षीय विवेक रुम्बा र काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने ३४ वर्षीय अबिनाश राज भण्डारी रहेका छन्।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रुम्बाको साथबाट ८ सय ५० ग्राम चरेश र भण्डारीको साथबाट १ सय ५० ग्राम गाँजा र ५० ग्राम चरेससहित फेला पारी दुवै जनालई पक्राउ गरेको हो।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरा बस्ने २३ वर्षीय निर्मल गिरीलाई ७ ग्राम ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ।
सोही नगरपालिका–२ राधाकृष्ण मन्दिर नजिक लु४९प ८७४५ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक गिरीलाई पक्राउ गरेको हो।
रुपन्देहीको कञ्चन गाउँपालिका–४ भैरवघाट बस्ने २९ वर्षीय नन्द कुमार दर्जीलाई ९ सय मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
सोही ठाउँमा लागूऔषध सेवन गरिरहेको अवस्थामा २ जनालाई इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले फेला पारी थप अनुसन्धानको गर्ने क्रममा उक्त पदार्थ उनीहरुले नन्द कुमारसँग खरिद गरी ल्याएको खुलेपछि नन्द कुमारको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
झापाको बुद्धशान्ती गाउँपालिका(३ बुधबारे चोकबाट १० ग्राम २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र ११ ग्राम ५० मिलीग्राम अवैध लागूऔषध गाँजा सहित पाँचथर फिदिम नगरपालिका–२ ओदेन बस्ने २३ वर्षीय युरास ईवा लिम्बु लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुद्धबारेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।












