Kathmandu Press

आगामी शनिबार नर्भिकमा स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपिडी सेवा

काठमाडौं, कात्तिक ११ : पछिल्लो समय कैयौं नेपाली महिलाले भोगदै आएको समस्या हो स्तन क्यान्सर।तर आफूमा पनि स्तन क्यान्सरको आशंका लागे काठमाडौंको थापाथलीस्थित...
आगामी शनिबार नर्भिकमा स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपिडी सेवा

काठमाडौं, कात्तिक ११ : पछिल्लो समय कैयौं नेपाली महिलाले भोगदै आएको समस्या हो स्तन क्यान्सर।

तर आफूमा पनि स्तन क्यान्सरको आशंका लागे काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले निःशुल्क ओपिडी सेवा दिने भएको छ।

आगामी शनिबार बिहान १० देखि मध्याह्न १२ बजेसम्म दुई घन्टा स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपिडी सेवा सञ्चालन हुन लागेको अस्पतालले जनाएको छ।

सो अवधिमा स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले ओपिडी सेवा दिने अस्पतालको भनाइ छ। सो सुविधाको उपयोग गर्न सर्वसाधारणलाई आग्रह पनि गरिएको छ। 

सामाजिक उत्तरदायित्वअन्तर्गत केही महिनायता हरेक शनिबार नर्भिक अस्पतालले कुनै पनि रोगका विशेषज्ञ डाक्टरबाट निःशुल्क ओपिडी सेवा दिँदै आएको छ।

यो शनिबार भने स्तर क्यान्सरसम्बन्धी निःशुल्क ओपिडी सेवा दिन लागिएको हो।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने जनाइएको छ। 

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्