Kathmandu Press

१७ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध कायमै

१७ दिनपछि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध कायम राखेको छ।
१७ दिनपछि बसेको प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध कायमै

काठमाडौं, कात्तिक ११ : १७ दिनपछि बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध कायम राखेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकको कारवाही प्रारम्भ भएको बताउनासाथ एमाले सांसदहरू रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी गर्न थालेक थिए ।

प्रतिनिधिसभाको पछिल्लो बैठक २५ असोजमा बसेको थियो । दसैं बिदापछि ९ कात्तिकका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेकै आग्रहका कारण सूचना टाँसेर बिहीबार सारिएको थियो ।

९ कात्तिकमा आफ्नो पार्टीको पालिका अधिवेशन तय भएकाले बैठक पछाडि सार्न एमालेले आग्रह गरेको थियो ।

बिहीबारको बैठकमा मन्त्रीहरूको कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र प्रतिनिधिसभा बैठकमा सांसदहरूको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति: १४:१४ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्