सर्वोच्चमा बिहीबारका लागि तय सबै मुद्दा ‘बेन्च नबसेको’ सूचीमा
सर्वोच्च अदालतमा बिहीबारका लागि तोकिएका सबै मुद्दा ‘बेन्च नबसेको’मा परेका छन् ।काठमाडौं, कात्तिक ११ : सर्वोच्च अदालतमा बिहीबारका लागि तोकिएका सबै मुद्दा ‘बेन्च नबसेको’मा परेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीबारका लागि आठवटा इजलासमा एक सय ६७ थान मुद्दाको सुनुवाइ तोकेका थिए । तीमध्ये प्रधानन्यायाधीशको एकल पूर्ण इजलास नम्बर १ मा ३० थान मुद्दाको सुनुवाइ तोकिएको थियो ।
सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधनमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बस्ने भएपछि सबै मुद्दाको सुनुवाइ स्थगित भएको हो । प्रधानन्यायाधीशको एकल पूर्णइजलासमा तोकिएका मुद्दा पनि ‘बेन्च नबसेको’मा परेका छन् ।
प्रधानन्यायाधीशको बहिर्गमनको पक्षमा रहेका न्यायाधीशहरू गत सोमबारदेखि नै इजलासमा बसेका छैनन् ।
प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










