भक्तपुरकाे विद्यार्थी निकेतन माविमा भेटिए पुरातात्विक भवनका अवशेष

भक्तपुर, कात्तिक ११ : भक्तपुरकाे एक विद्यालयमा भेटिए पुरातात्विक भवनका अवशेष भेटिएका छन्।
भक्तपुर नगरपालिकास्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन्।
विद्यालय प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा हालको जमिनको सतहबाट साढे ६ फिटमुनि टेपु ल्हों, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायत पुरातात्विक भवनका अवशेषहरु भेटिएका हुन्।
बुधबार ती अवशेष भेटिएपछि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
भक्तपुर नगरपालिकाले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने मेयर प्रजापतिले जानकारी दिए। उनका अनुसार त्यहाँ भेटिएका अवशेषहरूको अध्ययनका लागि पुरातत्व विभागलाई जिम्मा दिइएको छ।
मेयर प्रजापतिले सो विद्यालयमा भइरहेको निर्माण कार्य अगाडि नबढाउन समेत प्रधानाध्यापक सर्जनी जोशीसँग आग्रह गरेका छन्।












