Kathmandu Press

डिजिटल फाइनान्सियल सर्भिसकाे बेवास्ता गरे कहिल्यै अघि बढ्न सकिन्न : गभर्नर अधिकारी

काठमाडौं, कात्तिक ११ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने समय आएको बताएका छन्। उनले विद्युतीय...
डिजिटल फाइनान्सियल सर्भिसकाे बेवास्ता गरे कहिल्यै अघि बढ्न सकिन्न : गभर्नर अधिकारी

काठमाडौं, कात्तिक ११ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्ने समय आएको बताएका छन्। उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकाले डिजिटल फाइनान्सियल प्रविधिलाई समयको गतिसँगै अघि बढाउनुपर्नेमा जोड दिए। 

आज (बिहीबार) नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा क्युआरकोडबाट गरिने कारोबारको शुभारम्भ गर्दै उनले अब डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने स्पष्ट पारे। उनले क्युआर कोर्डमार्फत भुक्तानी गर्दा समयको बचत मात्र नभएर पैसा लेनदेनसम्बन्धी अनेकन् झन्झटबाट मुक्त हुने बताए। 

‘विद्युतीय माध्यमको फाइदा धेरै छ, अझ क्युआरको फाइदा धेरै छ, समयको बचत छ, काउन्टरमा बस्‍ने व्यक्तिलाई पैसा दिइराख्दा पैसा गन्‍नुपर्छ, च्यातिएको छ कि छैन हेर्नुपर्छ, एउटा ट्रान्जेक्सन सेटल हुन समय लाग्छ,’ गभर्नर अधिकारीले भने, ‘क्यासको कारोबारमा बैंकसम्म पुग्‍नुपरेन, एकजनासँग कारोबार गर्दा क्युआरबाट पाँचजनासँग कारोबार गर्न सकिन्छ, डिजिटल फाइनान्सियल सर्भिसलाई इग्‍नोर गरे कहिल्यै पनि अघि बढ्न सम्भव हुँदैन।’

नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्सियल सर्भिसलाई प्रोत्साहित गरिरहेको उललेख गरे। सबैले आफ्नो ठाउँबाट काम गर्ने हो भने डिजिटल नेपालको अभियान चाँडै नै पूरा हुने विश्वास उनले व्यक्त गरे।

‘हामीले एक खालको इको सिस्टम बनाउनु छ, नेपालको सन्दर्भमा, नेपालको राष्ट्रिय हितको सन्दर्भमा यसको विशेष महत्व छ, यसबाट आन्तरिक लाभ धेरै छ,’ उनले भने।

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्