Kathmandu Press

गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

मोरङ, कात्तिक ११ : गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ।नेपाल प्रेस युनियन मोरङ शाखाले २०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता...
गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन पत्रकारलाई

मोरङ, कात्तिक ११ : गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार तीन सञ्चारकर्मीलाई प्रदान गरिने भएको छ।

नेपाल प्रेस युनियन मोरङ शाखाले २०७७ सालको गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष शेखर रेग्मीलाई सम्मानित गर्ने आज निर्णय गरेको छ। कोरोना भाइरसको महामारीका कारण उक्त पुरस्कार गत वर्ष प्रदान गर्न सकिएको थिएन।  

यस्तै गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार, २०७८ बाट युनियनका पूर्व जिल्ला अध्यक्ष कुमोद अधिकारी र पूर्व जिल्ला कोषाध्यक्ष दिनेश गिरीलाई सम्मानित गरिने नेपाल प्रेस युनियन मोरङका सचिव गोपाल पोखरेलले जानकारी दिए। पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ रहेको छ।

सो पुरस्कार यही कात्तिक १७ गते प्रदान गरिने सचिव पोखरेलले बताए। रासस

 

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्