Kathmandu Press

प्रधानन्यायाधीश जबराले तोके आफ्नो एकल इजलासमा ३० मुद्दाको पेशी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीबारका लागि आफ्नो एकल पूर्ण इजलासमा ३० वटा मुद्दाको पेशी तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले तोके आफ्नो एकल इजलासमा ३० मुद्दाको पेशी

काठमाडौं, कात्तिक ११ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीबारका लागि आफ्नो एकल पूर्ण इजलासमा ३० वटा मुद्दाको पेशी तोकेका छन् ।

बिहीबारका लागि आठवटा इजलासमा तोकिएका एक सय ६७ थान मुद्दामध्ये प्रधानन्यायाधीशको एकल पूर्ण इजलास नम्बर १ मा ३० थान मुद्दाको सुनुवाइ हुने भएको हो ।

तीमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ पनि प्रधानन्यायाधीशको सोही इजलासमा सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीशले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेको बृहत पूर्ण इजलास पनि तोकेका छन् ।

यस्तै, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको पूर्ण इजलासमा ४४ थान मुद्दाको पेशी तोकिएको छ ।

प्रधानन्यायाधीशको बहिर्गमनको पक्षमा रहेका न्यायाधीशहरू बिहीबार पनि इजलासमा बस्ने–नबस्ने निश्चित छैन ।

बिहीबारको पेशी सूची प्रकाशित भएपछि पूर्वसभामुख दमननाथ ढुंगानाले ट्विट गरेका छन्, ‘उहाँलाई रोक्ने कसले ? प्रधानन्यायाधीशज्यू बेन्चमा बसेर धमाधम मुद्दा छिन्दै हुनुहुन्छ । एक्लै । संविधान निर्मातामध्ये कोही बोलिदिए हुन्थ्यो नि !’

प्रकाशित मिति: ११:५० बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्