Kathmandu Press

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, कात्तिक ११ : नेपालमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४००...
बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, कात्तिक ११ : नेपालमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ तोकिएको छ। पहेँलो धातु बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो।

त्यस्तै चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ। चाँदी बुधबार प्रतितोला एक हजार २५०रुपैयाँमा नै कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

 

प्रकाशित मिति: ११:२८ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्