एमाले स्थायी कमिटी बैठक ४ बजे
काठमाडौं, कात्तिक ११ : नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ। दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति...
काठमाडौं, कात्तिक ११ : नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ। दसौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि अपराह्न ४ः०० बजे ललितपुरस्थित तुलसीराम स्मृति प्रतिष्ठानमा बैठक बोलाइएको हो।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा भर्खरै सम्पन्न गरिएका वडा कमिटी र पालिका कमिटीको समीक्षा तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मापदण्ड तथा कार्यतालिकाका विषयमा छलफल हुने छ ।
एमालेले यही कात्तिक ६ गते वडा कमिटी र ९ गते पालिकास्तरको अधिवेशन सकेको छ। एमालेको १० औँ महाधिवेशन यही मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुँदैछ।
प्रकाशित मिति: ०९:३३ बजे, बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










