Kathmandu Press

पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

काठमाडौं, कात्तिक ११ : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ।पूर्वन्यायाधीश लम्सालको आज बिहान निधन भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए।...
पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

काठमाडौं, कात्तिक ११ : सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ।

पूर्वन्यायाधीश लम्सालको आज बिहान निधन भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए। ८४ वर्षीय लम्सालको उपचारका क्रममा निधन भएको हो।

उनी केही दिनदेखि बिरामी थिए। चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत भइरहेको थियो।

पूर्वन्यायाधीश लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत रहेका थिए।

प्रकाशित मिति: ०९:३२ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्