प्रतिनिधि सभा बैठक बिहिबार बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, कात्तिक १० : प्रतिनिधि सभाको बैठक (भोली) बिहीबार बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ ।यसअघि कार्तिक ९...
काठमाडौं, कात्तिक १० : प्रतिनिधि सभाको बैठक (भोली) बिहीबार बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ ।
यसअघि कार्तिक ९ गते मंगलबार दिनको १ः०० बजे बस्ने गरी राखिएको बैठक बिशेष कारणले भोलीका लागि सारिएको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७ ७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको वखेडाका कारण संसद् अनिर्णयको बन्दीजस्तै बनेको छ ।
प्रकाशित मिति: २०:०२ बजे, बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











