Kathmandu Press

कांग्रेस महाधिवेशन तालिका पुनः हेरफेर, मंसिर २७ देखि २९ सम्म हुने 

बुधबार बसेको निर्वाचन समितिको बैठकले कांग्रेसको सबै तहको अधिवेशनको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले काठमाडौं प्रेसलाई जानकारी दिए ।
कांग्रेस महाधिवेशन तालिका पुनः हेरफेर, मंसिर २७ देखि २९ सम्म हुने 
congress

काठमाडौं, कात्तिक १० : नेपाली कांग्रेसको १४औं  महाधिवेशनको कार्यतालिमा हेरफेर हुने भएको छ ।

बुधबार बसेको निर्वाचन समितिको बैठकले कांग्रेसको सबै तहको अधिवेशनको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले काठमाडौं प्रेसलाई जानकारी दिए ।

उनका अनुसार अब कांग्रेस महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय भएको छ।  यसअघि कांग्रेसले मंसिर ९ देखि १२ गतेसम्म गर्ने जनाएको थियो । केन्द्रीय महाधिवेशनसँगै तल्लो तहको अधिवेशन पनि सर्ने भएको छ । जसअनुसार वडा अधिवेशन नभएका १३ जिल्लामा कात्तिक २७ गते हुने छ ।

यस्तै, पालिका तहको अधिवेशन कात्तिक ३० का लागि तोकिएको छ भने मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ। अहिलेसम्म हिमाली र उच्च पहाडी गरी १३ जिल्लामा मात्रै जिल्ला अधिवेशन भएको छ।

मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्ने गरी मिति तय भएको छ । नयाँ कार्यतालिकामा छलफल भएको भएपनि निर्वाचन समितिका एकजना सदस्य राजधानी बाहिर भएकाले प्रस्ताव हुन र सार्बजनिक हुन मात्र बाँकी रहेको संयोजक यादवले काठमाडौं प्रेसलाई बताए ।

मंगलबार मात्र प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्रै अधिवेशन सक्ने गरी नयाँ कार्यतालिका ल्याउन भनेका थिए । 

प्रकाशित मिति: १९:१० बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्