Kathmandu Press

स्वास्थ्य मन्त्रालयले भन्यो- हेलचेक्रयाइँ नगरौँ, जोखिम कायमै छ 

काठमाडौं, कात्तिक १० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै सचेत गराएको छ ।बुधबार मन्त्रालयका...
स्वास्थ्य मन्त्रालयले भन्यो- हेलचेक्रयाइँ नगरौँ, जोखिम कायमै छ 

काठमाडौं, कात्तिक १० : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै सचेत गराएको छ ।

बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना ब्रिफिङमा हेलचेक्रयाइँ नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन् । उनले सरकारले तोकेको स्वस्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।

नजिकिएको चाडबाड भीडभाड नगरी मनाउनुपर्ने मन्त्रायलयको भनाइ छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय ज्वरो आउने,टाउको दुख्ने मांसपेशी दुख्ने लगायत लक्षणका विरामी अस्पतालमा आउन थालेको भन्दै सचेतना अपनाउन भनेको छ । 

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्