भीरबाट लडेर एकको मृत्यु

ओखलढुङ्गा, कात्तिक १० : चम्पादेबी गाउँपालिका ३ चिप्लिङ बस्ने २८ वर्षीय भुवन मगरको भीरबाट लड्दा मृत्यु भएको छ। सोही गाउँपालिका ६ स्थित चनौटे भीरबाट लडेर बुधबार बिहान उनको मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:१९ बजे, बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












