Kathmandu Press

वागमतीको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका पाण्डेको दाबी प्रस्तुत, ५९ सांसदको समर्थन

वागमतीको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले बुधबार दाबी प्रस्तुत गरेका छन्।
वागमतीको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका पाण्डेको दाबी प्रस्तुत, ५९ सांसदको समर्थन

काठमाडौं, कात्तिक १० : वागमतीको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले बुधबार दाबी प्रस्तुत गरेका छन् ।

उनलाई पाँच दलीय गठबन्धनका ५९ सांसदको समर्थन छ । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक हुन्छ ।

यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा सम्बोधनपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएकी थिइन् ।

त्यसलगत्तै प्रदेश प्रमुख शर्माले बिहीबार ३ बजेसम्ममा मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए । बुधबार नै पाण्डेले ५९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी प्रस्तुत गरेका हुन् ।

वागमती प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, जसपाका एक, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र एमालेका ४३ सांसद छन् ।

उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड क बमोजिम नयाँ सरकार गठन गर्न बिहीबार अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गरेअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका थिए ।

यसअघि मुख्यमन्त्री शाक्यले दिएको राजीनामा बुधबार नै स्वीकृत भएको थियो ।

प्रकाशित मिति: १८:०९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्