Kathmandu Press

सिंहदरबारमा त्रुटिवश पड्कियो पेस्तोल 

काठमाडौं, कात्तिक १० : सिंहदरबारभित्र गोली चलेको छ। तर, गोली भने कसैलाई लागेको छैन।बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षक अनुपमा भारतीले बोकेको पेस्तोलबाट...
सिंहदरबारमा त्रुटिवश पड्कियो पेस्तोल 

काठमाडौं, कात्तिक १० : सिंहदरबारभित्र गोली चलेको छ। तर, गोली भने कसैलाई लागेको छैन।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षक अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।

महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक पेस्तोल पड्किको थियो। 

मानवीय त्रुटिका कारण गोली चलेको हुन सक्ने अनुमान गरिएको प्रहरी स्रोतले बताएको छ।

गोली संयोगवश भित्तामा लागेकाले कुनै मानवीय क्षति हुन नपाएको जनाइएको छ।

पेस्तोल पड्किएको विषयमा भारतीसँग सोधपुछ भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १८:०३ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्