Kathmandu Press

एकीकृत समाजवादीद्वारा मन्त्रीहरूलाई  १० बुँदे निर्देशन : विवादमा पर्ने काम नगर्नू 

काठमाडौं, कात्तिक १० : पाँच दलीय गठबन्धनको भावनाअनुरूप अन्य दलहरूसँग सहकार्य गर्न पनि एकीकृत समाजवादीले बताएको छ। निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहन...
एकीकृत समाजवादीद्वारा मन्त्रीहरूलाई  १० बुँदे निर्देशन : विवादमा पर्ने काम नगर्नू 

काठमाडौं, कात्तिक १० : पाँच दलीय गठबन्धनको भावनाअनुरूप अन्य दलहरूसँग सहकार्य गर्न पनि एकीकृत समाजवादीले बताएको छ। निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहन पनि निर्देशन दिइएको छ।

२०७८ असोज ५–७ मा बसेको पार्टीको केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गतेको स्थायी कमिटीको सातौं बैठकले गरेका निर्णयहरुलाई मिति २०७८ कात्तिक ९ गते अन्तर पार्टी निर्देशनमार्फत देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनहरुलाई प्रेषित गरिएको हो।

निर्देशनमा इमान्दारी र कर्तव्य निष्ठाका साथ काम गर्न, राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न, निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहन भनिएको छ।

त्यस्तै योग्यता, क्षमता र कार्यसम्पादनमा उत्कृष्टताका आधारमा व्यक्तिको छनौट गरी जिम्मेवारी दिन, स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्न, पार्टीको नेतृत्व र सम्बन्धित विभागसँग समन्वय गरी काम गर्न र पार्टीको निर्देशन र सल्लाहलाई पालना गर्न पनि भनिएको छ।

सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरूबाट नियमित रूपमा राय परामर्श लिन, नेता, कार्यकर्तासँग जीवन्त सम्पर्क राखी छिटोछरितो ढंगले काम गर्न पनि निर्देशनमा भनिएको छ।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्