वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
हेटौंडा, कात्तिक १० : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि (बिहीबार)...
हेटौंडा, कात्तिक १० : मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि (बिहीबार) दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका छन्। शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन्।
दसैं अघिकै बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्। यसअघिको बैठकमा सो प्रस्तावमाथि छलफल भएको थियो।
मतदान हुनुअघि नै शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्।
संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दाबी पेस गर्न आह्वान गरिएको छ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमार्फत उक्त आह्वान गरिएको हो।









-1788856868.jpg)


