Kathmandu Press

थपिए ७७२ कोरोना संक्रमित, ४९५ जना संक्रमणबाट, ८ को मृत्यु

७,१६७ जनामा गरिएको पिसिआर परीक्षणबाट ५८२ र २,३२८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिए ७७२ कोरोना संक्रमित, ४९५ जना संक्रमणबाट, ८ को मृत्यु

काठमाडौं, कात्तिक १० : पछिल्लो २४ घन्टामा देशभरिमा ७७२ जना कोरोना संक्रमित थपिएका छन्।

७,१६७ जनामा गरिएको पिसिआर परीक्षणबाट ५८२ र २,३२८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ४९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। 

अहिले देशभरिमा १०,३७५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा उपत्यकामा काठमाडौंमा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जना गरी  २०२ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्