Kathmandu Press

चीनबाट १० लाख डाेज भेराेसेल खोप आइपुग्यो

काठमाडौं, कात्तिक १० : कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ।स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले १०...
चीनबाट १० लाख डाेज भेराेसेल खोप आइपुग्यो

काठमाडौं, कात्तिक १० : कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप डाेज नेपाल आइपुगेको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए। 

उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो। 

प्रकाशित मिति: १६:०७ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्