अलमुताइरी नेपाल फर्कने, एन्फासँग सम्झौता
काठमाडौं, कात्तिक १० : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण...
काठमाडौं, कात्तिक १० : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल फर्किने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण भएसँगै अलुमताइरी फर्किने भएका हुन्।
माल्दिभ्समा भएको साफ च्याम्प्यिनसिप सकिएलगत्तै उतैबाट कतार पुगेका अलमुताइरीले बुधबार सामाजिक सञ्जालमार्फत एन्फासँग सँझौता नवीकरण गरेको उल्लेख गरेका छन्।
उनले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँगको भेटपछि सम्झौता नवीकरण गर्ने निर्णय गरेको उल्लेख गरेका छन्। उनले पुनः नेपाल फर्कन सहयोग गरेकोमा एन्फा र कतार फुटबल संघलाई धन्यवाद दिएका छन्।
फेसबुक मार्फत नै अलमुताइरीले आगामी दुई वर्षको लक्ष्य र योजना चाँडै सार्वजनिक गर्न घोषणा पनि गरेका छन्। साथै उनले नेपाली समर्थकको माया आफूमात्र नभएर खेलाडीलाई पनि चाहिएको उल्लेख गरेका छन्।
अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।








-1788856868.jpg)


