Kathmandu Press

‘मुलुकलाई आर्थिक समृद्धिको युगमा प्रवेश गराउने जिम्मेवारी तरुणको हो’

काठमाडौं, कात्तिक १० : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मुलुकलाई आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी तरुण युवाको भएको बताएका छन्। नेपाल तरुण...
‘मुलुकलाई आर्थिक समृद्धिको युगमा प्रवेश गराउने जिम्मेवारी तरुणको हो’

काठमाडौं, कात्तिक १० : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मुलुकलाई आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गराउने जिम्मेवारी तरुण युवाको भएको बताएका छन्। 

नेपाल तरुण दलको ६८औँ स्थापना दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गरी अध्यक्ष बस्नेतले नेपाली जनताको लामो आन्दोलन र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै मुलुकको आर्थिक विकास गर्ने मुख्य जिम्मेवारी युवाको भएको बताएका हुन्। 

‘स्थापनाको झण्डै सातदशक लामो समयसम्म आइपुग्दा नेपाल तरुण दलको आवश्यकता र अपरिहार्यता दिनानुदिन अझ बढी महत्वपूर्ण बन्दै गएको छ,’ विज्ञप्तिमा भनिएको छ।

उनले सामाजिक न्याय, महिला हिंसा, सबैखाले उत्पीडनमा परेका नेपाली नागरिकलाई न्याय दिलाउन नेपाल तरुण दलले हिजोका दिनमा गरेका सङ्घर्षको स्मरणसमेत गरेका छन्। 

नेपाली जनताको मौलिक हक, अधिकारको रक्षाका लागि नेपाल तरुण दल सधैँ अग्र मोर्चामा उभिने अध्यक्ष बस्नेतको भनाइ छ। उनले नेपाल तरुण दलले स्थापना दिवसका अवसरमा संसारभर रहेका नेपाली युवा तरुणलाई आपसी भाइचारा, मेलमिलाप र सामाजिक सद्भाव कायम राख्दै अगाडि बढ्न अनुरोध गरेका छन्। 

प्रकाशित मिति: १४:४९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्