Kathmandu Press

प्रदेशसभामा सम्बोधन गर्दै वागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा घोषणा गरेकी छन् ।
प्रदेशसभामा सम्बोधन गर्दै वागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

काठमाडौं, कात्तिक १० : वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा घोषणा गरेकी छन् ।

प्रदेशसभालाई सम्बोधन गर्दै शाक्यले राजीनामा घोषणा गरेकी हुन् ।

बुधबार प्रदेशसभामा आफूले मागेको विश्वासको मतमा मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेकी हुन् ।

प्रदेशसभाको बुधबारको दोस्रो कार्यसूचीमा प्रवेश नगरी आफूले मार्गप्रशस्त गरेको घोषणा मुख्यमन्त्री शाक्यले गरेकी हुन् ।

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्