Kathmandu Press

प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाऊ : बृहत नागरिक आन्दोलन

बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूसँग माग गरेको छ।
प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाऊ : बृहत नागरिक आन्दोलन

काठमाडौं, कात्तिक १० : बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग लगाउन राजनीतिक दलहरूसँग माग गरेको छ ।

बुधबार विज्ञप्तिमार्फत बृहत नागरिक आन्दोलनले उनीविरुद्ध महाभियोगको माग गरेको हो । ‘वर्तमान संकट निदानका लागि जागृत बार एसोसिएसनहरू, पूर्वप्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभा असमयमै र संविधानविपरीत विघटनाको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्तीपूर्ण व्यवहारका मतियार बनेका प्रधानन्यायाधीश जबराले संवैधानिक अंगहरूमा भागबण्डा गरेको घटनाले न्यायपालिकाको मर्यादा गिरेको विज्ञप्तिमा उल्लेख छ । ‘न्यायाधीशका रूपमा सेवा प्रवेश गर्दा नै मिलेमतो गरेको आरोप लागेका उनको न्यायिक जीवन विवादास्पद रहँदै आउनु र त्यसको कतै जवाफदेहिता नखोजिनु अहिलेको अव्यवस्थाको आधार हो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्