Kathmandu Press

एमाले अध्यक्ष ओली र पूर्वमन्त्री साहबीच भेटवार्ता

काठमाडौं, कात्तिक १० : एमाले अध्यक्ष केपी ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ।आज (बुधबार) बिहान अध्यक्ष ओलीले साहलाई छलफलका लागि आफ्नो निवास...
एमाले अध्यक्ष ओली र पूर्वमन्त्री साहबीच भेटवार्ता

काठमाडौं, कात्तिक १० : एमाले अध्यक्ष केपी ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ।

आज (बुधबार) बिहान अध्यक्ष ओलीले साहलाई छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए।

माओवादी केन्द्र परित्याग गरी एमालेमा लागेका साह सो पार्टीभित्र सन्तुष्ट छैनन्। उनले केही समययता एमाले बैठक बहिष्कार गर्दै आएका थिए। 

उनले माओवादी केृन्द्रमा पनि नफर्किने स्पष्ट पारिसकेका छन्। त्यसकारण पछिल्लो समय नेकपा ब्युँताउने याेजनामा आफू रहेको उनले बताउँदै आएका थिए।

ओलीले ८ बुँदे मागहरु पूरा नगरेकाले एमालेमै बस्न नसक्ने बताउँदै साहको अध्यक्षतामा नेकपा पुनर्गठन गर्न लागेको, ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार पारेको र माओवादी केन्द्रका नेताहरूले पनि उनलाई साथ दिएको चर्चा चलिरहेका बेला यो भेटवार्तालाई महत्वका साथ हेरिएको छ।  

आजको छलफलबाट ८ बुँदे मागबारे ओली लचकदार बनेको र फेरि छलफलमा बस्ने सहमति स्रोतको भनाइ छ।

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, कात्तिक १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्