Kathmandu Press

मासिक २० युनिटसम्म बिजुली खपत गर्नेले  छुट पाउने 

काठमाडौं, कात्तिक १० : मासिक २० युनिटभन्दा कम बिजुली खपत गर्नेले  छुट पाउने भएको छ।आगामी मंसिर १ गतेदेखि लागु गर्न लागेको बिजुलीको नयाँ महसुल...
मासिक २० युनिटसम्म बिजुली खपत गर्नेले  छुट पाउने 

काठमाडौं, कात्तिक १० : मासिक २० युनिटभन्दा कम बिजुली खपत गर्नेले  छुट पाउने भएको छ।

आगामी मंसिर १ गतेदेखि लागु गर्न लागेको बिजुलीको नयाँ महसुल दरअनुसार विद्युत् प्राधिकरणले त्यस्तो छुट दिने व्यवस्था गर्न लागेको हो।

साना तथा ठूला विद्युतीय सवारी चलाउनेलाई घरायसी खपतमा प्रयोग हुने बिजुली सस्तो बनाएको पनि आयोगको दाबी छ।

विद्युत् महसुल निर्धारण आयोगबाट प्रस्तावित नयाँ दर स्वीकृत भएसँगै प्राधिकरणले नयाँ महसुल लागु गर्ने तयारी गरेको हो।

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, कात्तिक १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्