Kathmandu Press

सुनको मूल्यमा गिरावट

काठमाडौं, कात्तिक १० : नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य...
सुनको मूल्यमा गिरावट

काठमाडौं, कात्तिक १० : नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको छ। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ।

पहेँलो धातु मङ्गलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो।

त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँ कायम भएको छ। चाँदी मङ्गलबार प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

 

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, कात्तिक १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्